पर्वत ।
जिल्लाको मोदी गाउपालिका वडा नं. ६ तिलाहार बाट खेलीरहेको अवस्थामा ५ वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा एक स्थानीय युवा पक्राउ परेका छन् । सोही वडाको थामार्जुङ बस्ने होम बहादुर बस्नेतले डरत्रासमा पारी घरबाट अपहरण गरी लगेकाे पारिवारिक स्रोतले जनाएको छ ।
बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्वतमा गत मंगलबार कानुन बमोजिम कारवाही गरी पाउँ भनी उजुरी दिए पछि तत्काल जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी अधिकृतको कमाण्डमा खटिएको टोलीले बस्नेतलाई पक्राउ गरेको थियो ।
आरोपित बस्नेतलाई बुधबार अपहरण वा शरिर बन्धक सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको छ ।