पेट्रोलको मूल्य प्रतिलिटर १९९ पुग्यो

काठमाडौँ ।

नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ ।

अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *