पर्वत।
मोदी गाउँ पालिका वडा नं.६ तिलाहार स्थित याम बहादुर के.सी.को घर अगाडीबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् ।
ध १ प २४९२ नं. को बजाज कम्पनीको डिस्कभर मोटरसाईकल असार ३ गते बिहान ५ बजेको समयमा पार्किङ गरी राखेको ठाउँबाट चोरी भएको थियो ।
सवारी धनि याम बहादुर के.सी.काे उक्त मोटरसाइकल चोरी गरेको आरोपमा कुश्मा न.पा वडा न.११ का २८ वर्षिय सन्तोष बि.क. र १८ वर्षका राजन परियारलाई जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले सोही दिन कुस्मास्थित उनीहरूको निवासबाट पक्राउ गरेको हो ।
पक्राउ परेका युवाहरुलाई चोरी सम्बन्धी कसुर मा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।