मोदी, पर्वत ।
अविरल वर्षाको कारण अन्नपूर्ण गाउँपालिका–५ शीतला गुफा नजिक पोखरा–बागलुङ सडक खण्डमा सडकमाथिबाट आएको पहिरोले अवरोध गरेको बाटो एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
पहिरोका कारण सडक अवरुद्ध भएकोमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक रमेश थापाको कमान्डमा ४५ जना र मातहतका प्रहरी युनिटहरूबाट खटिएको प्रहरीले टोलीले पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याएको हो ।