पर्वत ।
मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड एकतर्फी रुपमा सुचारु भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिरोका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको थियो ।
सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा पनि सडकमा ढुङ्गा झरेर अवरुद्ध भएको थियो । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुङ्गा पन्छाएर सडक खुलाइएको प्रहरीले जनाएको छ ।
उता सुन्दरी खोला, चूवा मा थुप्रिएको पहिरो पनि जेसिविको प्रयोग गरी खुलाउने काम भएको छ ।
सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन आम्बोट र पातीचौरमा थन्किएका थिए । 