मोदीको पातीचौरबाट लागु औषध सहित चार जना ब्यक्ति पक्राउ ।

मोदी, पर्वत।

जिल्लाको मोदी गाउँ पालिका बाट लागु औषध सहित शनिबार दिउँसो चार जना युवाहरु पक्राउ परेका छन् । मोदी गाउँपालिका वडा नं. ५ बाजुङ घर भई वडा नं.२ देउपुर बस्ने सचिन सार्की र तनहु जिल्ला सुक्लागण्डकी न.पा वडा नं.१ दुलेगौडा स्थायी घर भई हाल मोदी गा.पा वडा नं. २ बस्ने अजय पुनले लागु औषध सेवन तथा बिक्रि बितरण गर्दै आएको भन्ने बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रकाश राउतको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध Phenergan १६ एम्पुल, DIAZEPAM १६ एम्पुल , NOOPHIN १६ एम्पुल र सचिन सार्कीको घरकोठा खानतलासी गर्दा Phenergan ५ एम्पुल, DIAZEPAM ५ एम्पुल र ५ एम्पुल गरी जम्मा १५ एम्पुल गरी जम्मा ६३ एम्पुल बरामद गरेको हो ।

त्यसैगरी लागु औषध सेवन तथा बिक्रि बितरण गर्दै आएको विशेष सुराकीको आधारमा मोदी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २९ का दिनेश गर्वुजा पुन र बिजय पुनलाई दिनेश गर्वुजा पुनको घर कोठामा बसिरहेको अबस्थामा फेला पारी निजहरुको शरीर तथा निजहरु बसिरहेको कोठा रितपुर्वक खानतलासी गर्दा लागुऔषध Phenergan ७९ एम्पुल, DIAZEPAM ७६ एम्पुल, NOOPHIN ७८ एम्पुल गरी जम्मा २३३ एम्पुल र प्रयोग नभएको सिरिन्ज थान-३ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

पर्वत प्रहरीका अनुसार निजहरु उपर लागु औषध सम्बन्धी कसुर सम्बन्धी  मुद्दा दर्ता गरी अनुसन्धान कार्य भईरहेको छ । पछिल्ला केही महिना यता गाउँ पालिकाको विभिन्न स्थानहरूमा लागू पदार्थको कारोबार तथा सेवन बढी रहेको जन गुनासो रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *