मोदी गाँउपालिका गाँउसभाको १२अँौ अधिवेशन सम्पन्न भएको छ । विहिबार सञ्चालन भएको गाँउसभामा वडा समितिबाट पेश भई कार्यापालिकाबाट गाउसभामा पेश भएका योजनाहरुमा शेरावेशी सडक स्तरोन्नति,फेदी खेलकुद मैदान,वालमैत्री शसक्त कार्यक्रम ,शैक्षिक सुधार ,दैवि प्रकोप सहायता, लगायतमा योजना तथा थप बजेट विनियोजन गरीएको छ । मोदी गाउपालिका गाउसभाको १२औ गाउसभा कार्य सुचिको बिषयमा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विधेक २०७९,संशोधन गर्नुपर्ने बजेट योजना कार्यक्रम, हाल सम्मको प्रगति समिक्षा, नमुना विद्यालय कार्यक्रम , सहलगानि खानेपानी ,आर्थिक बर्ष२०७८÷७९ महालेखा परिक्षकको प्रतिवेदन,करार कर्मचारी म्याद थपका बिषयलाई पारीत गरीको छ ।