‘बालमैत्री शासन ःबाल अधिकारको सम्मान ,हाम्रो पालिकाको पहिचानःबालमैत्री पालिका निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा सहित सञ्चालन भएको बालबालिकाहरुको बस्तुगत विवरण तयारीका लागि घरधुरी सर्वेक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ । फागुन १०र११ गते मोदी गाउँपालिका स्थीत वडा नं. ५, ६, ७ र ८ का बालबालिकाहरुको बस्तुगत विवरण तयारीका लागि घरधुरी सर्वेक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको हो ।मोदी गाँउपालिकालाई बालमैत्री पालिका घोषणा गर्नका लागि यस अभियान सुरु गरिएको र १,२,३,४ नंम्बरका वडाहरुको बालबालिकाहरुको प्रोफाईल तयारी भईसकेको बाल कल्याण अधिकारी याम मेघासीले बताउनुभयो ।
बालबालिकाहरुको सुरक्षा गर्न,सर्वागीँण विकास गर्र्न ,बाल अधिकार सुनिश्चित गर्नका लागि र यस पालिका भित्रका बालबालिकाहरुको उज्वल भबिष्य निर्माण गर्नका लागि मोदी गाँउपालिकालाई बालमैत्री पालिका बनाउने तयारी हुन लागेको गाउँपालिका अध्यक्ष हिरा देवी शर्माले बताउनुभयो । मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले आजका बालबालिका भोलिका सझेदार हुन त्यसैले बालबालिकाहरुको हक र हितका लागि सर्वेक्षण निकै महत्व पुर्ण भएको बताउदै बस्तुगत विवरण सहि र सत्य हुनुपर्ने जिकिर गर्नुभयो । तालिममा बस्तुगत विवरण सर्वेक्षण कसरी गर्ने भन्ने बिषयमा कम्प्युटर अपरेटर भाष्कर रेग्मीले प्रशिक्षण गराउनु भएको हो । तालिममा सम्बन्धित वडाहरुको विद्यालयबाट प्रतिनिधित्व गरेर शिक्षक÷शिक्षीकाहरुको उपस्थिति रहेको थियो । तालिम मोदी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक सुरेश रिमालले सहजिकरण गर्नुभएको हो । वि.स २०८७ साल सम्ममा नेपाललाई बालमैत्री देश बनाउने तयारी भएको जनाईएको छ । यसै बिच जिभाय नेपालका श्रीधर आचार्यले मुख स्वास्थ्य संग सम्बन्धि बिषयमा छलफल चलाउनुभएको थियो ।