मोदी गाँउपालिका स्तरीय समन्य तथा अन्तरकृया गोष्ठी सम्पन्न,

मोदी गाउपालिका स्तरीय समन्य तथा अन्तरकृया गोष्ठी सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामिण उधम तथा आर्थिक विकास आयोजना REEDProject आर्थिक कोरिडोर कार्यलय बुटवल रुपन्देहीले आयोजना गरेको पालिका स्तरीय समन्य तथा अन्तरकृया गोष्ठी सम्पन्न हो । गोष्ठीमा उत्पादनमुलक साझेदारी मार्फत बजार आबद्वतालाई सशक्तिकरण कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो । बिदेश पलायन भएका युवाहरुलाई प्रभावित गराउने ,आफ्नै देशमा केही गरेर बस्ने वातावरण बनाउनका लागि कृषिमा जोड दिनुपर्ने र मोदीलाई कृषिमा आत्मनिर्भरता गराउने अभियानमा रिड प्रोजेक्टले पनि सहकार्य गरेर जानुपर्नेमा मोदी गाउपालिकाका अध्यक्ष हिरा देवी शर्माले जोड दिनुभयो । गोष्ठीमा कृषि अनुदान मार्फत भएका कामहरुको पनि समिक्षा भएको थियो । कृषि सहकारीका अध्यक्ष,कृषि र्फमका कृषकहरुको उपस्थितीमा भएको गोष्ठीको सञ्चालन आर्थिक कोरिडोर सम्पर्क कार्यलय पोखराका कृषि अधिकृत पुरुषोत्तम सुबेदीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *