सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा

काठमाडौं ।

नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) एक तोला छापावल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

यसअघि सुनको उच्च मूल्य चैत ५ गते एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख १० हजार ५ सय रुपैयाँ तोकिएको छ भने चाँदीकाे मूल्य तोलामा ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *