मोदी गाउँ पालिका द्वारा विद्यालयलाई ५२ थान स्मार्ट बोर्ड वितरण

पर्वत ।

मोदी गाउँपालिका भित्र रहेका सामुदायिक बिधालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि बोलपत्र आव्हान (National Competitive Bidding) मार्फत खरिद गरिएका उच्च प्रबिधि युक्त ५२ थान AI Smart Board 75″ आज एक कार्यक्रमका बिच बिधालयहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। मोदी गाउँपालिकाले  AI Smart Board को प्रभावकारी प्रयोग सुनिश्चित गर्न शिक्षकहरूलाई आवश्यक क्षमता विकास तथा सञ्चालन सम्बन्धी तालिम समेत प्रदान गर्ने भएको छ । साथै, उपकरणहरूको दीर्घकालीन उपयोगका लागि आवश्यक प्राविधिक सहयोग र अनुगमनको व्यवस्था पनि गरिने जनाइएको छ  ।

सामुदायिक विद्यालयहरूमा डिजिटल शिक्षाको विस्तार, शिक्षण–सिकाइको गुणस्तरमा सुधार, विद्यार्थीहरूको सिकाइ उपलब्धिमा वृद्धि तथा समय अनुकूल सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वासका साथ सामग्री वितरण गरिएको गाउँ पालिकाले जानकारी दिएको छ। आगामी दिनमा पनि शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई थप विस्तार गर्दै गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षाको विकासमा गाउँपालिका निरन्तर प्रतिबद्ध रहने कार्यक्रममा जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *