तुलोदय माविमा साइबर अपराध र लागू पदार्थ दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाको वडा न ६ गिज्यानमा रहेको तुलाेदय मा.वि. मा बुधबार  सामुदायिक प्रहरी अम्वाेटकाे आयाेजनामा साईवर अपराध र लागुपदार्थ दुर्व्यसन सम्वन्धी सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।

समाजसेवी सिताराम वि.क.काे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिकाे आतिथ्यता प्रहरी निरिक्षक अविनास दिप जि.सी.ले गर्नुभएकाे थियाे भने स्वागत मन्तब्य वि.व्य.स. अध्यक्ष विशाल महतले राख्नु भएकाे थियाे ।

सो कार्यक्रममा अन्य समाज सेवि, शिक्षा प्रेमी, बुद्धिजिवी तथा अभिभावकहरुले पनि अाफ्नाे मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रमको संचालन शिक्षक दुर्गा बहादुर क्षेत्रीले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *