पर्वत ।
म्याग्दीको बेनीबाट पोखरा तर्फ आउँदै गरेको ना ५ ख ३९९३ नम्वरको वस सोमवार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाईते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बस पल्टिदाँ ९ जना पुरुष, ७ जना महिला र २ जना वालबालिका घाईते भएका हुन् । घाईते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी निरिक्षक अविनाश दिप जिसीले जानकारी दिनुभयो ।
अन्यको अवस्था भने सामान्य रहेको छ । अहिले सवैजना घाइतेको उपचार पर्वत अस्पतालमा भैरहेको छ । पानी परेर चिप्लिएको सडकमा तीब्र गतिमा गुडेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।