बझाङ सडक दुर्घटना : कानुनमन्त्री सिंहसहित तीन जनाको मृत्यु

काठमाण्डौ ।

बझाङमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।  मन्त्री सिंह सँगै उनकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहलाई हेलिकप्टर बाट कोहलपुर ल्याएर उपचार गर्दा गर्दै कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *