मोदी, पर्वत।
जिल्लाको मोदी गाउँ पालिका अन्तरगत रहेका प्राथमिक तहमा कार्यरत शिक्षकहरुलाई मुख स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बुधबार मोदी सभा हलमा सम्पन्न भएको छ ।
मोदी गाउँ पालिकाको आयोजना तथा जिभाय नेपालको सहयोगमा संचालित कार्यक्रममा मोदी गाउँपालिकाका प्राथमिक विद्यालय हरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख स्वास्थ्य सम्बन्धी ब्रशिङ गर्ने तरिका लगायत विभिन्न जानकारीहरु गराइएको थियो । कार्यक्रम पश्चात प्राथमिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुले निरन्तर बिधालय ब्रसिङ कार्यमा सहभागी हुने छन ।
