काठमाण्डाै .
सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने विद्यार्थी नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिनेबारे मन्त्रिपरिषद्ले गएको मङ्गलवार गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले चलाउनेमाथि आक्रमण गर्नेेहरूविरुद्धको मुद्दा फिर्ता लिनुको कारण देखाउन सरकारलाई आदेशसमेत जारी गरेको छ ।
आफूलाई कुटपिट गर्नेहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियाे ।