माेदीकाे नवजागृत माविलाई नतिजामा आधारित प्रोत्साहन अनुदान

मोदी, पर्वत ।

शिक्षा तथा मानब स्रोत विकास केन्द्रले जिल्लाको मोदी गाउँपालिका वडा नं ६ तिलाहारमा रहेको नव जागृत माविलाई निर्वाचन क्षेत्रको उत्कृष्ट विद्यालयका रुपमा छनौट गरेको छ । विगत केही बर्ष देखि माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको उक्त विद्यालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट प्रकाशित नतिजाका आधारमा प्रोत्साहन कार्यक्रममा छनोट भएको हो । व्यवस्थापकीय तथा शैक्षिक कार्यमा उत्कृष्ट कार्य गरेको भन्दै विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन प्रदान गरिएको हो ।

बिहीबार केन्द्रले प्रोत्साहन अनुदान पाउने विद्यालयको सूची सार्वजनिक गरेको थियो । सूचीमा परेका सामुदायिक विद्यालयले ५ लाख रुपैयाँका दरले प्रोत्साहन अनुदान पाउनेछन् । केन्द्रले प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रबाट विद्यालय पर्ने गरी १६५, शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्याङ्कनबाट उच्चतम अङ्क प्राप्त गर्ने विद्यालय, महानगरपालिका र उपमहानगरपालिका भित्रबाट थप २ विद्यालय छनोट गरेको जनाएको छ।

केन्द्रले चालु आर्थिक वर्ष २०७९–८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन अनुदानका लागि आवश्यक बजेट वित्तीय हस्तान्तरण गरिसकेको जनाएको छ । साथै केन्द्रले सम्बन्धित स्थानीय तहलाई कार्यक्रम सञ्चालन व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *