पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं ४, क्याङ ले आफ्नो वडा भित्रका विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई सम्मान गरेको छ । बिहीबार वडा कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच सो सम्मान गरिएको हो ।
दुर्गम ठाउँमा रहेर पनि आफ्नो पेशा प्रति इमान्दारिताका साथ अध्यापन गर्ने शिक्षकहरुलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको वडा सदस्य लक्ष्मी विक ले जानकारी दिनु भयो ।
वडा सदस्य विकले आफ्नो फेसबुक वालमा शिक्षक सम्मान कार्यक्रमका तस्बिर सार्वजनिक गर्दै लेख्नु भएको छ – ” शिक्षक आफैँमा सम्मानित पदवी हो । हिउँदमा हिउँ पर्ने र बर्षातमा जूका लाग्ने ठाउँमा पनि आफ्नो पेशा प्रति इमान्दारीताको साथ अध्यापन गर्नुहुने शिक्षक प्रती हार्दिक सम्मान छ ।”
तस्बिर : लक्ष्मी विक






