पर्वत ।
जिल्लाको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिकाकाे केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।
सभामा उपाध्यक्ष आचार्यले ४७ करोड १० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा संघीय सरकारको ४२ करोड १६ लाख पचास हजार,प्रदेश सरकारको दुई करोड ८१ लख २८ हजार,दुई करोड १२ लाख २२ हजार र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने रकमलाई बजेटको स्रोत मानिएको छ ।
गण्डकी प्रदेश सरकारको साझेदारीमा वडा नम्बर ८ को सडक निर्माणमा सवैभन्दा बढी दुई करोड र संघीय सरकारको साझेदारीमा वडा नम्बर ७ धाईरिङको गण्डकी गोपाल गौशाला निर्माणमा एक करोड ६० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाको अस्थायी संरचना र कोल्डस्टोर भवन बनाउन जग्गा खरिदका लागि एक करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ भने अन्य रकम वडाबाट सिफारिस भएर आएका योजनामा छुट्याइएको छ ।
गाउँसभा शुरू भए पछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । दिनभरको प्रयासपछि साँझ सहमति जुटाएर बजेट ल्याइएको हो ।