आज असार पन्ध्र : राष्ट्रिय धान दिवस

पर्वत।

किसानहरुले  मानो  खाएर मुरी उब्जाउने समयको रूपमा चिनिएको  असार  महिनाको  आज पन्ध्र गते  हो ।  मनसुन शुरु भए लगत्तै कृषकहरु धान कोदो रोप्न व्यस्त छन् । यसै सन्दर्भमा  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका विभिन्न कार्यक्रमहरूको आयोजना हुँदै छन् ।

आज असारे गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने प्रचलन रही आएको  छ । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

असार १५ गतेलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *