काठमाडौं ।
मनसुनी वायुको प्रभावका कारण अहिले गण्डकी र लुम्बिनी प्रदेशमा केही जिल्लाहरूमा भारी वर्षा भई रहेको छ ।स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ ।
उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम छ । त्यसैले आज दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
तिनाउ नदीमा जल सतह ह्वात्तै बढेर खतराको तह पार गरेको छ । नदी आसपासका किनारका बस्तीहरुमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।