सरकारले धानको समर्थन मूल्य तोक्यो

काठमाडौं ।

सरकारले यसपटक समयमै धानको समर्थन मूल्य तोेकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।

सरकारले यस वर्ष मोटा धानमा दुई सय ३१ र मध्यम धानमा दुई सय ३४ रुपैयाँ प्रतिक्विन्टल बढाएको छ । गत वर्ष सरकारले मोटा धानको दुई हजार नौ सय ६७ रुपैयाँ र मध्यम धानको तीन हजार एक सय २८ रुपैयाँ तोकेको थियो ।

यस वर्ष मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ र मोटा धानको तीन हजार एक सय ९८ रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *