मंसिर ११ गते नर्सिङको लाइसेन्स परीक्षा हुने, फाराम अनलाइनबाट भर्नुपर्ने

काठमाडाैँ । नेपाल नर्सिङ काउन्सिलले नर्सिङको लाइसेन्सका लागि लिइने परीक्षाको मिति तोकेको छ । काउन्सिलले दिएको जानकारी अनुसार नर्सिङको लाइसेन्स परीक्षा मंसिर ११ गते हुनेछ ।

यो परीक्षामा सामेल हुनका लागि योग्य व्यक्तिहरूले अनलाइनमार्फत फाराम भर्न सक्नेछन् ।

काउन्सिलका अनुसार असोज ३१ गतेदेखि कार्तिक २९ गतेसम्म फाराम भर्न सकिनेछ । उक्त परीक्षा मंसिर ११ गते ९ बजेदेखि ११ः ३० बजेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *