गाँउपालिका राष्ट्रीय महासघं नेपाल गण्डकी प्रदेश कार्य समितिको चौथो बैठक मोदी गाँउपालिकामा सम्पन्न भएको छ । गाँउपालिका राष्ट्रीय महासघं नेपालका केन्द्रिय समिति अध्यक्ष लक्ष्मी देवी पाण्डेको प्रमुख आतिथ्यतामा बैठक सञ्चालन भएको थियो । पाण्डेले स्थानिय तह बलियो बनाउनु पर्नेमा जोड दिदै शिक्षा क्षेत्रलाई दरीलो बनाउनु पर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रदेश सरकार बाट ल्याईएको वन ऐन लाई स्थानीय तह संग जोडिएका रास्ट्रिय वन, सामुदायिक वन र निजि वन संरक्षण गर्दै आन्तरिक आय सँग जोड्न कानुन निर्माण गर्न सकृय सुझाव दिने, महालेखा परिक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसनधान आयोगले स्थानीय सरकारहरुमा भए गरेका समस्याहरुको सन्दर्भमा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको अनुगमन, सुपरिभेक्षक, पारदर्शीता, जवाफदेहीता प्रभावकारी र जिम्मेबार बनाउन स्थानीय तह सक्रिय रहने र उक्त विषयमा श्रावण महिना भित्र सम्बन्धित निकायसंग अन्तरक्रिया छलफल गर्ने र आर्थिक बर्ष २०८०÷८१ मा गण्डकी प्रदेशका ५८ वटै गाउँ पालिकाहरुले ल्याएको बजेट कार्यान्वयन मार्गदर्शन बनाउनका लागी प्रदेश कार्य समितिका सचिव जोख लाल बुढाको संयोजकत्वमा समिति बनाउने निर्णय गरिएको छ । गाउँपालिका राष्ट्रिय महासघं नेपाल गण्डकी प्रदेश कार्य समितीका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा सम्पन्न बैठकको स्वागत गाउँपालिका राष्ट्रिय महासघं नेपाल गण्डकी प्रदेश कार्य समितीका उपाध्यक्ष तथा मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माले गर्नुभएको हो ।