कास्की ।
जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ घलेलमा क्यानोनिङ गर्ने क्रममा लडेर एक जना युवतीको ज्यान गएकाे छ ।
बुधवार क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको हो ।
कास्कीका प्रहरीका अनुसार क्यानोनिङ गर्ने क्रममा घाइते भएकी भण्डारीको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे हाे ।
तीन जनालाई पक्राउ गरी घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।