आगामी शैक्षिक सत्र देखि त्रिविले नेपाली भाषामा पनि प्रश्नपत्र छाप्ने

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने भएको छ। त्रिविले अंग्रेजीमा मात्रै प्रश्न सोधिँदा विद्यार्थीहरूलाई मार परेको भन्दै आवाज उठ्न थालेपछि नेपालीमा पनि छाप्ने भएको हो।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी नयाँ शैक्षिक सत्र अर्थात् वैशाखबाट नेपालीमा पनि प्रश्नपत्र छाप्ने तयारी भई रहेको छ। उनका अनुसार सबै तहको सबै विषयको प्रश्न नेपालीमा मात्रै भने छापिने छैन। ‘कुन-कुन विषयमा नेपालीमा छाप्न आवश्यक छ, कुनमा पर्दैन। त्यसमा पनि अध्ययन गरेर निर्णय लिने उनले बताए ।

अहिले स्नातक  र स्नातकोत्तर तहमा अंग्रेजी माध्यममा मात्रै प्रश्न सोधिँदै आएको छ। जसका कारण जानेका विषयवस्तु पनि प्रश्न नबुझेकाले लेख्न नसकेको विद्यार्थीहरूको गुनासो आउने गरेको थियो ।  सबै विषयको नेपालीमा पनि प्रश्नपत्र छापिनुपर्ने माग सांसदहरूले पनि गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *