जन्मदिनको अबसरमा मन्दिरलाई आर्थिक सहयोग 

पर्वत ।

जन्मदिनमा हुने विभिन्न फजुल खर्च कटाएर कुनपा ७ खरेहाका समाजसेवी नयनाथ गौतमको परिवारले जलेश्वर मन्दिर खरेहालाइ नगद आठ हजार पचपन्न रुपैयाँ सहयोग गर्नुभएको छ

गौतमकी बुहारी समिता गौतमले खरेहा स्थित शिव मन्दिर जलेश्वर महादेवको पुण्य भुमिमा आफ्ना दुई छोरा आबिस्कार गौतम र उत्सब गौतको शुभ जन्मदिनको अबसरमा मन्दिर परिवारलाइ शनिबार आठ हजार पचपन्न रुपैयाँ प्रदान गर्नुभएको थियो

जन्मदिनको समयमा हुने विभिन्न अनावश्यक फजुल खर्चले नेपाली समाजलाइ बिसङ्गती तर्फ धकलिरहेको हुदा यस्ता पुण्य ठाउँमा आएर आफ्ना सन्तानको जन्मदिनमा भगवानलाई सकेको आर्थिक सहयोग गर्न पाउँदा निकै खुशी महसुस हुने गरेको गौतमले बताउनु भयो ।

जलेश्वर मन्दिर संरक्षण समितिका सचीव कृष्ण गिरिले यसरी ब्यक्तिको नाममा आएको रकमले मन्दिरको दैनिक पुजा आरधानामा र पुजारी मासिक खर्चमा उहाँहरुले गर्नुभएको अमुल्य सहयोगका लागि मन्दिर परिवार निकै खुशी आभार रहेको कुरा व्यक्त गर्नु भयो ।

आजभोलि बिवाह पार्टी भोज भतेर र पास्नी जन्मोत्सवलाई आधार बनाएर नेपालमा धेरै अनावश्यक खर्च भैरहेका छ्न । यस्ता खर्चहरुको अलावा यस्ता धार्मिक मठमन्दिरमा दान गर्न सक्ने हो भने नेपाली सामाजिक रिति र परम्पराको पनि जगेर्ना हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *