पर्वत ।
मुस्ताङको कागखोलामा आएको बाढी कागबेनी बजारमा पसेपछि ठूलो भौतिक क्षति भएको छ ।आईतबार सांझ ७:३० बजे कागबेनी खोलामा आएको बाढीले दस ओटा कच्ची घर, एउटा माने, एउटा काठे पुल र केही बिधुतका पोलमा क्षति भएको हो।
कागबेनीको जनशान्ति माविका शिक्षक मनविर किसानले कागबेनीको पुजास्थल, पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिनुभयो । करिब १५ मिटर कटान गरेर कागखोला विद्यालय नजिक पुगेको उहाँले बताउनुभयो । बाढी आएपछि छात्रावासका शिक्षक विद्यार्थीहरु सुरक्षित ठाउँमा गएर बसेको शिक्षक किसानले बताउनुभयो ।
स्थानीय बासिन्दा घर छाडी उपल्लो स्थानमा बसेका छन भने प्रहरी र सेनालाई परिचालन गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँ पालिकाले जानाएको छ ।
कागबेनी भन्दा माथि तिरी गाउको ठाडो खोला थुनिएको जानकारी आएको हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गाउँ पालिकाले अनुरोध गरेको छ ।