पर्वत।
मुस्ताङको कागबेनीमा आएको बाढीमा पुरिएको एक करोड ६५ लाख भन्दा बढी नगद फेला परेको छ । स्काभेटरको सहायतामा पहिरो उत्खनन गर्दा पुरिएको दुई ओटा बैंकको नगद आज भेटिएको हो ।
प्रभु बैंकको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि रु एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ फेला परेको हो ।