फिल्म क्षेत्रमा महत्वकांक्षा बढ्यो, अनुशासन घट्योः नवल नेपाल

चलचित्र ‘मारुनी’का निर्देशक नवल नेपालले चलचित्रकर्मीहरुमा महत्वकांक्षा बढ्दा अनुशासन घटेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘म चलचित्र क्षेत्रका जति पनि मानिसहरुसँग ठोक्किएँ, उनीहरुको कुरा सुन्दा र काम गराइ हेर्दा चलचित्र क्षेत्रमा अब अप्ठ्यारा दिन आउने देखेको छु । अहिले सबैमा सजिलो काम मात्र गरौं, गाह्रो काम गरेर समय मात्र बर्बाद हुन्छ भन्ने सोच पलाएको छ । यो गलत कुरा हो ।’

नवलले चलचित्रलाई सहज र सरल तरिकाले वुझ्दा चलचित्र बनाएर दर्शकलाई एकिकृत गर्न र दर्शकको मनमा बस्न गाह्रो हुने बताए । उनले भने–‘यस्ता खालका अनुभव निर्माता र निर्देशकले जस्तो अरु कसैले पनि भोगेको हुँदैन । प्राविधिकहरु हाजिरीमा आएर काम गर्छन् । कलाकारहरु सिमित समयका लागि मात्र आफ्नो भूमिकामा बाँच्छन् । यसले, निर्माता र निर्देशकलाई चलचित्र बनाउन फलामको चिउरा चपाए जस्तै हुन्छ भन्ने लागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *