प्रेम जीवनका केही घतलाग्दा पाटो

भनिन्छ, मनमा प्रकट हुने प्रेम-भाव शरीरले दर्शाउँछ । अतः शरीरमा देखिने यस्ता संकेतलाई लुकाउन सकिदैन । त्यही कारण दोस्रो व्यक्तिले सहजै अनुमान गर्न सक्छ कि, तपाईंको मनभित्र उथलपुथल हुँदैछ ।

अमेरिकाको प्रशिद्ध मानवशस्त्री एवं मावन व्यवहार अध्ययनकर्ता हेलेन फिशरले यस विषयमा अनुसन्धान गरेकी थिइन् ।

उनलाई विश्वास गर्ने हो भने माया, प्रेममा न्यूरोलोजिक स्थिती उत्पन्न हुन्छ र यसको तीन चरण हुन्छ ।  प्रेमको प्रत्येक चरणको लागि अलग अलग किसिमका हर्मोन्स तथा केमिकल्स उत्तरदायी हुन्छन् ।

प्रेमको सबैभन्दा धेरै असर दिमागमा पर्छ । प्रेममा रहेका व्यक्तिलाई पूरा संसारै राम्रो लाग्छ । उनीहरु जहिले पनि सकारात्मक सोच्ने गर्छन् । एक शोधले जनाए अनुसार प्रेमकै कारण प्रेमको भाव अलग अलग क्षेत्र प्रभावित हुन्छ । यो एक सकारात्मक भावना हो, जसले मस्तिष्कलाई उर्जावान् बनाइदिन्छ ।

प्रेम भएमा मुटु अरुको अधिनमा रहन्छ र प्रेममा पर्ने व्यक्तिको मुटुको धड्कन पनि अस्वभाविक रुपमा बढ्ने गर्छ । प्रेमको मार्गमा अघि बढ्ने क्रममा व्यक्तिको तनावको स्तर पनि सक्रिय रहन्छ । यसकै कारण रगतमा एड्रनेलिन तथा कोर्टिसोल हर्मोनको स्तर बढ्ने गर्छ । यो स्थितिमा व्यक्तिमा अलग किसिमको बेचैनी बढ्न थाल्छ । मानिसको मुटुको धडकन बढ्न थाल्छ ।

प्रेममा पर्ने व्यक्तिहरुको रातको निद्रा पनि गायब हुन थाल्छ । लाख कोशिशका बाबजुद उनीहरुलाई पटक्कै निद्रा लाग्दैन । अनिद्राको समस्या निम्तिन्छ । उनीहरु रातभर आफ्नो प्रेमी वा प्रेमिकाको बारेमा सम्झेरै रात गुजारिदिन्छन् । अनुसन्धानहरुलाई हेर्ने भने डापामाइनको कारण अनिद्राको समस्या हुन्छ । यसकै कारण मानिस आफ्नो सम्बन्धको बारेमा सोचेरै मात्र पनि खुशी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *