मोदीको डिमुवामा अन्तर वडास्तरीय पुरुष भलिबल र खुला महिला भलिबल प्रतियोगिता हुने

पर्वत ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका जिल्लाको मोदी गाउँपालिका वडा नं ६ डिमुवा बजारमा अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
भलिबल खेलको विकास र विस्तार तथा खेलाडीहरूको पहिचान गर्ने उद्देश्यका साथ जिल्ला भलिवल संघ पर्वतको आयोजनामा यहि भदौ १९ गतेदेखि २३ गतेसम्म सो प्रतियोगिता हुन लागेको हो ।
आयोजकद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अन्तरवडा स्तरीय भलिवल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार १५ हजार ५ सय ५५ रहेको छ ।
प्रतियोगितामा पर्वत जिल्लाका विभिन्न वडाका गरी २५ भन्दा बढि टिम सहभागी हुने अनुमान गरिएको छ । प्रत्येक वडाको समुहमा दुई जना बाहिरी खेलाडी राख्न पाईने छ ।
त्यसैगरी खुल्ला महिला भलिवल प्रतियोगितामा नेपालका जुनसुकै विभागीय वा अन्य समुहले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । महिला भलिल प्रतियोगिताका लागि प्रथम पुरस्कारको राशि रु ५५ हजार ५ सय ५५ र द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ रहेको छ भने टिम दर्ता शुल्क ३ हजार रहेको छ ।
हरेक समुहमा १२ जना खेलाडी, टिम कोच, सहकोच, र म्यानेजर गरी १५ जना सम्म सहभागि गराउन पाईने भएको छ । खेलमा सहभागि खेलाडी पर्वत जिल्लाकै हुनुपर्ने र वडा प्रमाणित गर्ने कागजात समेत हुनुपर्ने उल्लेख गरिएको छ ।
प्रतियोगिताका सवैजसो तयारी पुरा भएको आयोजक एबम् जिल्ला भलिबल संघ पर्वतका अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

May be an image of 7 people, people studying, table and television

Leave a Reply

Your email address will not be published. Required fields are marked *