माेदी गाउँपालिकाबाट श्रम स्वीकृति प्रदान ः हमालले लिए पहिलो श्रम स्वीकृति

पर्वत ।
जिल्लाकाे माेदी गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न शुरु गरेको छ ‌। सोमबार रोजगार सेवा केन्द्र माफर्त पहिलोपटक सेवाको शुरुवात भएको गाउँ पालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए ‌ । श्रम स्वीकृति गाउँ पालिकाका अध्यक्ष हिरादेवी शर्माले वितरण गरी शुरुआत गरेकी हुन् । पहिलो श्रम स्वीकृति  मोदी गाउँपालिका वडा न. २ देउपुर निवासी कुल बहादुर हमाल लाई प्रदान गरिएको छ ‌।
बैदेशिक रोजगारीका लागि पुन श्रम स्वीकृत प्रदान गरि सेवा केन्द्र मार्फत श्रम स्वीकृत दिने कार्यको थालनी गरिएको हो । स्थानिय तहहरू मार्फत श्रम स्वीकृति लिन सकिने गरी सरकारले निर्णय गरेपछि मोदीले पहिलो स्विकृती प्रदान गरेको रोजगार संयोजक क्षेत्रीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *