पर्वत ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ जिल्लाको मोदी गाउँपालिका वडा नं ६ डिमुवा बजारमा संचालन भएको अन्तर वडा स्तरीय पुरुष भलिबलको उपाधि फलेबास वडा नं ६ देबीस्थानले हात पारेको छ । शनिबार दिउँसो नवजागृत क्याम्पसको खेलमैदानमा भएको खेलमा फलेबास नगरपालिका वडा नं ६ देबीस्थानले कुस्मा नगरपालिका वडा नं १ पाङलाई २५/२१, २५/१९ र २५/२१ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । यो जीतसँगै देबीस्थानले १ लाख ५५ हजार ५ सय ५५ रुपैया हात पारेको छ ।
सो प्रतियोगितामा पाङले दोस्रो स्थान हासिल गरी ७७ हजार ७ सय ७७ रुपैयाँ हात पारेको छ । त्यसैगरी आर्थर डाँडाखर्कले तृतीय स्थान ओगट्दै ३३ हजार ३ सय ३३ नगद हात पारेको छ भने देउपुरले सान्त्वना स्थान हासिल गर्दैे १५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गरेको छ ।
खुला महिला भलिबल तर्फ धादिङ स्पोर्टस क्लबले चित्रेलाई २५/२३, २५/२० र २५/६ को सोझो सेटमा पराजित गर्दै ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ । सो प्रतियोगतामा चित्रे भलिबल टिमले दोस्रो स्थान हासिल गर्दै ३३ हजार ३ सय ३३ रुपैयाँ नगद प्राप्त गरेको छ ।
भलिबल तर्फ धादिङ स्पोर्ट क्लबकी गरिमा बोहोरा उत्कृष्ट खेलाडि घोषित भएकी छन् भने पुरुष तर्फ देबीस्थानका सञ्जु बिक्रम शाहले उत्कृट खेलाडिको उपाधि प्राप्त गरेका छन् ।
व्यक्तिगत स्पर्धातर्फ धादिङ स्पोर्टस् क्लबबाट बेस्ट स्पाइकर पवित्रा श्रीपाली, बेस्ट ब्लकर गरिमा बोहोरा, बेस्ट लिब्रो रस्मिता दूरा, बेस्ट सर्भर चित्रेकी रस्मिना गुरुङ, राइजिङ प्लेयर धादिङकी सजिना बुढाथाकी , बेस्ट कोच धादिङकै अमृत केसी घोषित भएका छन् ।
पुरुष भलिबल प्रतियोगितामा पाङका प्रताप परियार बेस्ट स्पाइकर, बेस्ट ब्लकर देबीस्थानका गौरब कुँवर, बेस्ट लिब्रो देउपुरका सुरज क्षेत्री, बेस्ट सेटर देबीस्थानका सुबास कुँवर, बेस्ट सर्भर देबीस्थानका रेशम छन्त्याल, रेइजिङ प्लेयर पाङका अन्जान परियार, बेस्ट कोच देबीस्थानका शक्ति श्रेष्ठ घोषित भएका छन् ।
जिल्ला भलिबल संघ पर्वत द्धारा आयाजितभदौ १९ गते देखि २३ गतेसम्म संचालन भएको प्रतियोगितामा पुरुष भलिबल तर्फ पर्वत जिल्लाका विभिन्न वडाका गरी १६ टिम सहभागी भएका थिए ।


