काठमाडौँ ।
संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।
नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ । सो दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।