पर्वत ।
जिल्लाकाे मोदी गाउँपालिकाको आयोजना तथा जन अधिकार संरक्षण मन्च पिपिआर नेपालको संयोजनमा मोदी गाउँपालिका मोदी ८ चित्रेमा भाद्र २१ देखि २८ सम्म सन्चालन भएको मेलमिलाप सम्बन्धि आधारभुत तालिम कार्यक्रम आज सप्पन्न भएको छ।
हाम्रो समस्या हाम्रै समाधान -मेलमिलाप भन्ने मुल नाराका साथ आयोजित उक्त मेलमिलाप सम्बन्धी आधारभूत तालिम कार्यक्रम मार्फत ३० जना स्थानीय मेलमिलापकर्ता प्रशिक्षार्थी प्रशिक्षित भएका छ्न । साथै उक्त तालिम कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा ममता देवी शर्मा उपाध्यया, प्रशिक्षक द्वय डा.राम बहादुर राउत र दिल कुमारी पुन रहनु भएको थियोे ।
हिमलाल पौडेले सहभागीको तर्फबाट आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
बिजुला शर्माले आफ्नो वडामा गएर मेलमिलापको काम न्यायोचित ढगंले गर्ने प्रतिबन्धाता गर्नुभयो । तालिमका मुख्य प्रशिक्षक तथा पिपिआर नेपाल गण्डकी प्रदेशका संयोजक ममता देवी शर्मा उपाध्यायले प्रत्यक वडाहरुमा मेलमिलाप केन्द्रको कार्यालय हुनु पर्ने र व्यवस्थापन गाँउपालिकाले गरिदिन माग गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माले वडाहरुको समस्या वडामानै समधान हुदा झन्झटीलो प्रक्रिया अपनाउन नपर्दा कम खर्चिलो हुने र वडाका विवादलाई जितजितको ढंगबाट मेलमिलाप गराउन मेलमिलाप कर्ताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा मोदि गाँउपालिका उपाध्यक्ष न्यायीक समितिका संयोजक विमल लामिछानेले साधरण व्यक्तिले सर्वसुलभ ढंगले न्याय पाउनेकुरा ठुलो उपलब्धि भएको बताउनुभयो ।
