मोदी, पर्वत ।
बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ ५९ औ राष्टिय बालदिबस आज बिभिन्न कार्यक्रहरुको आयोजना गरी मनाइएको छ । यसै अबसरमा आज शुक्रबार मोदी गाउँपालिकाको वडा नं २ मा रहेको आदर्श आधारभूत विद्यालयमा बिद्यार्थीहरुलाई छात्रबृत्ती वितरण गरिएको छ । बिद्यालयमा स्थापना गरिएको नारायण माधबी छात्रबृत्ती अक्षय कोषबाट ३ जना बिद्यार्थीलाई जनही रु १ हजारका दरले छात्रबृत्ती प्रदान गरिएको विद्यालयले जनाएको छ । सोही कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा प्रथम द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
त्यसैगरी बिद्यालयमा स्थापना गरिएको नमूना आदर्श विद्यालय विकास कोषबाट मोदी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख झक प्रसाद गौतम, बिद्यालयका पूर्व बिव्यस अध्यक्ष ज्ञानेन्द्र प्रसाद चापागाई, पूर्व शिक्षक तथा नारायण माधबी अक्षयकोषका संरक्षक नारायण प्रसाद शर्मालाई सम्मान गरिएको थियो ।
सोही अबसरमा विद्यालयमा झण्डै चार दशक अध्यापन गरी उमेर हदको कारण अबकाश हुनु भएका पूर्व शिक्षक एवं निवर्तमान प्रधानाधयापक देबनाथ गिरीलाई बिदाइ गरिएको थियो ।
कार्यक्रममा शिक्षा , युवा तथा खेलकूद शाखा प्रमुख झक प्रसाद गौतम, नमूना आवासीय माविका उपप्राचार्य खेमराज शर्मा, वडा सदस्य शान्ति पौडेल, समाजसेबी भूमिराज तिमिल्सिना, गिरधारी, चापागाई, उदय रिजाल लगायतका वक्ताहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका लिला राई र बिद्यार्थी रिदिमा लामिछानेले राख्नु भएको थियो भने संचालन प्रधानाध्यापक मैया कुमारी शर्माले गर्नु भएको थियो ।



