काठमाण्डौ ।
आन्दोलनका कार्यक्रमहरु स्थगित गरी वार्तामा आउन शिक्षक महासंघ लाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । शिक्षा सचिव सुरेश अधिकारीले विद्यालय बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरिएको बताए ।
विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा संशोधनमा जान सकिने बाटो खुला नै छ । मन्त्रालयको हातमा नरहेको विषयमा महासंघले लाखौं विद्यार्थीको पठनपाठन अवरुद्ध गर्ने गरी आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ ।
तर शिक्षक महासंघले विधेयकमा संशोधन नगरिए सम्म आन्दोलन नरोकिने जनाएको छ ।