राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाण्डौ ।
राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो । प्रहरी हस्तक्षेप पछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *