राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस र सामाजिक संघ संस्थाहरुको नाम सार्वजनिक

काठमाण्डाै ।

‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो ।०६२/०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन पारेर यसवर्षदेखि असोज २ गते दिवस मनाउने निर्णय भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाको नामावली सार्वजनिक गरेको छ ।

पुरस्कृत हुने सार्वजनिक विद्यालयतर्फ कमला माध्यमिक विद्यालय, मैनी सिन्धुली, कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास सिन्धुली र नारायण माध्यमिक विद्यालय, कुमाख सल्यान रहेका छन् ।

त्यसै गरी संस्थागत विद्यालयतर्फ प्रसादी एकेडेमी, ललितपुर, सेन्ट जेभियर्स कलेज, माइतीघर काठमाण्डौ, बूढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाण्डौ रहेका छन् भने प्राविधिक शिक्षालयतर्फ कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रूपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा मोरङ, लाइफ लाइन अस्पताल प्रालि, दमक झापा, आदर्श माध्यमिक विद्यालय, विराटनगर मोरङ रहेका छन् ।

क्याम्पसतर्फ पुल्चोक क्याम्पस, ललितपुर, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल रूपन्देही, काठमाण्डौ मोडेल कलेज, बागबजार तथा समाज कल्याण शिक्षा पुरस्कारतर्फ एसओएस बालग्राम, मध्यपुर ठिमी, भक्तपुर र कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर सुर्खेत पुरस्कृत हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *