पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौं ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् ।

आइतबार (आज) बसेकाे मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *