तमादी खोलाको बाढीमा बेपत्ता भएका यात्रुको खोजी कार्य जारी, एक जनाको पहिचान खुल्यो

पर्वत ।

शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता भएका एक जना यात्रुको पहिचान खुलेको छ ।

बेपत्तामध्ये  उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए ।

उनी तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेको भुसालले बताए ।अन्य बेपत्ता दुई जना यात्रुको खोजी कार्य आज बिहानै देखि भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *