पहिरोले किम्रोङखोला थुनियो, मोदी खोलामा बाढी आउन सक्ने सम्भाबना

मोदी, पर्वत ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँ पालिका वडा नं.- ११ को किम्रोङखोलामा शनिबार राति पहिरो आइ ८/९ घण्टा देखि थुनिएर ताल बनेको छ ।

अहिले बिहान १० बजे तिर तालको पानी बिस्तारै बग्न थालेको  जानकारी वडा नं ११ का वडा अध्यक्ष हिम गुरुङले दिनु भएको छ । अन्नपूर्ण गाउँ पालिकाका प्रवक्ता भरत मान गुरुङले सामाजिक सञ्जाल मार्फत फोटो तथा भिडियो पोस्ट गर्दै उक्त कुरा बताउनु भएको छ ।

अझै पनि खतरा रहेकोेले मोदी खोला किनार बस्ने नागरिकहरुले सचेतता पुर्वक सावधानी अपनाउनु हुन अनुरोध छ ।

तस्बिर: भरत मान गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *