मोदी खोला सहकारीकाे पन्ध्रौ बार्षिक साधारण सभा विविध कार्यक्रम गरी सम्पन्न 

मोदी, पर्वत ।

मोदी खोला बहुउदेश्यीय सहकारी सस्था लिमिटेडकाे पन्ध्रौ बार्षिक साधारण सभा शनिबार पातिचौरमा सम्पन्न भएको छ । सो अवसरमा सहकारीले मोदीगाँउपालिका भित्रका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

उत्कृष्ट एकल महिला दुग्ध व्यवसायी ,मोदी गाउपालिभरिकै सफल सुन्तला व्यवसायी ,सहकारीलाई विविध विधामा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले सहकारीको कामको चर्चा गर्दै सहकारी एकका लागि सबै र सबैका लागी एक हुदै स्थानीय सरकार सगँ समन्वय  गरेर थप अघि बढ्नका लागी अग्रह गर्नुभयो ।

शर्माले कृषिलाई अघि बढाउदै गाउँ पालिकामा चिस्यान केन्द्रको आवश्यक भएको कुरा मध्यनजर गर्नुभयो । शर्माले देशका जनशक्ति विदेश पलायन भएको अहिलेको अवस्थामा विदेशको मोह नगरी स्वदेशमा लगानी गरेर कृषि, पशु तथा अन्य खालका उद्यमहरुलाई जोड्न सबैले चासो दिनुपर्ने कुरामा ध्यानाकर्षण गराउनु भयो।

सहकारीमा एक करोड तेत्तिस लाख असिहजार चार सय (१३३८०४००)बचत तथा निक्षेप तर्फ दुई करोड सत्ताईस लाख एकानब्बे हजार सात सय चौध(२२,२७९१७१४),जगेडा कोष सैतिस लाख तिरपन्न हजार चार सय(३७५३४४३),कर्जा लगानी तर्फ दुई करोड एकासी लाख पैतिस हजार पाँच सय पैसठी (२८१३५५६५)पैसठी(२८१३५५६५),ऋण लिएको तर्फ सत्र लाख चौसट्ठी हजार एक सय त्रिसट्ठी (१७६४१६३),नगद तथा बैंक तर्फ एक करोड छब्बिस लाख बाउन्न हजार आठ सय उनन्चालीस (१२६५२८३९),लगानी तर्फ सत्तरी हजार (७००००)हजार रहेको छ ।

सहकारीमा बर्षको कुल कारोबार तेहृ करोड चौसठी लाख अड्चालिस हजार पाँच सय चौसठी (१३६४४८५६४)रहेको छ ।सहकारीमा रिक्त रहेको कार्यसमिति पदपुर्ती पनि गरेको छ ।अध्यक्ष बेदप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रबन्धक बबिता सापकोटाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *