स्कूल बसमाथि ढुङ्गा खस्दा सात विद्यार्थी घाइते

पर्वत।

जिल्लाको कुश्मा नगरपालिका वडा नं  ८ परादीमा सडकमा गुडिरहेको स्कूल बसमाथि ढुङ्गा खस्दा विद्यार्थीहरू घाइते भएका छन् । सडक माथिको भिरवाट खसेको ढुंगा बसमा लाग्दा  मोदी गाउँपालिका वडा नं. ६ मा रहेको नवजागृत माध्यमिक विद्यालयका सात जना विद्यार्थी घाईते भएका हुन् । दोविल्लादेखि विद्यार्थी लिएर विद्यालयतर्फ आउदै गरेको ध १ ख ४६१ नम्वरको बसमा आज विहान १० बजेको समयमा भिरमाथिवाट ढुंगा खसेर लागेको थियो ।

घाईते विद्यार्थीहरुमा कुश्मा नगरपालिका वडा नं. ११ की पूर्णिमा सुवेदी,  इश्वर रिमाल, दिपिका क्षेत्री, एलिना क्षेत्री, कुन्जन अधिकारी, कुशुम अधिकारी र निमिशा अधिकारी रहेका छन्  । उनीहरुको खुट्टा, निधार, हात, लगायत शरीरका विभिन्न भागमा चोट लागेको पर्वत प्रहरीले जनाएको छ ।

घाईते विद्यार्थीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सुवेदीले  बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *