सुनको भाउ हाल सम्मकै उच्च, तोलाको एक लाख पैतिस हजार पुग्यो

काठमाण्डौ ।

सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । आज एकैदिन तोलामा दुई हजार नौसय रुपैयाँले बढेर एकलाख ३५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार नेपाली बजारमा सुन तोलाको एकलाख ३२ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार छ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *