पर्वत।
जिल्लाको मोदी गाउँपालिका वडा न. ४ -क्याङ, डुङ्गडुङेमा पहिलो पटक स्याउ फलेको छ । स्थानीय कृषक लाल बहादुर शेर पुर्जा पुनको पहिलो प्रयासमै स्याउ फलेको हो । परीक्षणको रूपमा कृषक पुनले लगाएको स्याउको बिरुवाले पहिलो बर्षमै उत्पादन दिएको छ ।
कृषक पुनले भारत र इटालीबाट बिरुवा अर्डर गरेर खेती सुरुवात गर्नुभएकाे थियो । अहिले स्याउको बिरुवा आफ्नै नर्सरीमा उत्पादन गरेर ब्यबसायलाई विस्तार गर्ने योजना रहेको उहाँले बताउनु भएको छ ।

।