नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटनाग्रस्त: पाँच जनाको मृत्यु

काठमाडौँ ।

एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटमा दुर्मागातनावग्रस्त भएको छ । सो हेलिकप्टरमा  पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । पाँच  जनाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *