काठमाण्डौ ।
नेपाललाई हराउँदै भारतले काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि जितेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाललाई पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो ।
बुधवार भएको रोमाञ्चक फाइनलमा भारतले नेपाललाई २३-२५, २५-१४, २२-२५,२५-२१ र १५-५ ले हराएको हो।
खेलको पहिलो र तेस्रो सेट जितेको नेपाल चौथो सेट जितेर भारतलाई रोक्ने दाउमा थियो। तर चौथो सेट भारतले जितेपछि पाँचौँ सेट निर्णायक भएको थियो।
काठमाण्डूको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हलमा बुधवार भएको खेलमा नेपाली भलिबल प्रशंसकहरूको उल्लेख्य उपस्थिति थियो।