पर्वत ।

मोदी गाउँ पालिकामा दादुरा रुवेला खोप अभियान २०८० को एक कार्यक्रमका बिच सोमबार शुभारम्भ गरिएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा देवि शर्माको अध्यक्षतामा जिल्ला खोप समन्वय समिती अध्यक्ष बिष्णु राम बि .क. को प्रमुख आतिथ्यता, स्वास्थ्य कार्यलय पर्वतका प्रमुख, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश का पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।

दादुरा रुवेला खोप अभियानमा मोदी गाउँपालिकाका सबै स्वास्थ्य चौकीहरु र खोपकेन्द्रहरुबाट ९ महिना देखि ५ बर्षसम्मका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाउन लागिएकाले नजिकैको खोप केन्द्रमा गई आफ्ना बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाउन सकिने छ ।

नियमित खोप लगाएका बालबालिकाहरुले पनि यस अभियानमा खोप लगाउनु पर्दछ ।साथै नियमित खोप (डि.पि.टि.-हेप.बि.-हिव, पि.सि.भि र आई.पि.भि.) को छुट मात्रा समेत लगाइने गाउँ पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *